१२ श्रावण २०८१, शनिबार

भेरीको फोहोर व्यवस्थापनका लागि कोरियाको ग्लोवल कम्पनी ‘टेराबियो’ सँग सम्झौता

कर्णाली अपडेट

जाजरकोट । जिल्लाको भेरी नगरपालिकाले फोहोर व्यवस्थापनका लागि दक्षिण कोरियाको ग्लोवल कम्पनी ‘टेराबियो’ सँग सम्झौता गरेको छ । नगर प्रमुख चन्दप्रकाश घर्तीले सामाजिक सञ्जाल फेसबुक मार्फत फोहोर व्यवस्थापनका लागि कम्पनी सँग सम्झौता भएको बताएका हुन् ।

नेपालमा रहेको फोहोर व्यवस्थापन सम्बन्धी समस्यालाई समाधान गर्नका निम्ती कोरियाको ग्लोवल कम्पनी ‘टेराबियो’ सँग पहिलो चरणको सम्झौता गरिएको नगरप्रमुख घर्तीले बताए ।

कार्वन उत्सर्जन, शुन्य अपशिष्ट जस्ता विविधि पक्षहरुलाई यो प्रविधिले सम्बोधन गर्ने नगरप्रमुख घर्तीले बताए । काभ्रेको धुलिखेल नगरपालिका र भेरी नगरपालिकाले हस्ताक्षर गरेका छन् ।

१ भाद्र २०८०, शुक्रबार १९:५६ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्