२२ कार्तिक २०८२, शुक्रबार

जाजरकोटमा महिनामा दुईपटक बजार बन्द गर्ने निर्णय, जेठ ३१ बाट लागू

कर्णाली अपडेट

जाजरकोट । जाजरकोट उद्योग वाणिज्य संघले अबदेखि प्रत्येक महिनाको पहिलो र अन्तिम शनिवार बजार बन्द गर्ने निर्णय गरेको छ। संघको १८औं वार्षिक साधारण सभाले उक्त निर्णय गरेको हो।

संघका अध्यक्ष रमेश केसीका अनुसार निर्णय जेठ ३१ गते शनिवारदेखि लागू हुनेछ। “यो निर्णयले व्यवसायीहरूलाई आरामको समय दिनुका साथै बजार व्यवस्थापनमा सहजीकरण हुनेछ,” अध्यक्ष केसीले बताउनु भयो।

बजार बन्दको समयमा होटल र मेडिकल भने सञ्चालन गर्न पाइनेछ। त्यस्तै, तरकारी पसलहरू बिहान ८ बजेसम्म र बेलुका ५ बजेपछि खोल्न पाइनेछ।

तोकिएका पसल बाहेक नियम विपरीत अन्य पसल खोलेमा पहिलो पटक ५ सय रुपैयाँ जरिवाना, दोस्रो पटक १ हजार र तेस्रो पटक १ हजार ५ सय रुपैयाँ जरिवाना तोकिएको अध्यक्ष केसीले जानकारी दिए। सोहीअनुसार जरिवाना रकम क्रमशः बढाइने पनि उहाँले बताउनु भयो।

संघले व्यवसायी तथा उपभोक्तालाई नियमको पालना गर्न आग्रह गर्दै बजारको शान्त र मर्यादित सञ्चालनमा सहयोग गर्न आह्वान गरेको छ।

३१ जेष्ठ २०८२, शुक्रबार २२:१५ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्