जाजरकोट । छा–याँ नेपाल काठमान्डौंले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडित गर्भवति र सुत्केरी महिलालाई राहत साम्राग्री सहयोग गरेको छ । गत कार्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका वडा नं १ रामीडाँडालाई केन्द्रविन्दु बनाएर आएको भुकम्पले जाजरकोट लगाएत छिमेकी जिल्ला रुकुम पश्चिममा ठुलो मात्रामा जनधनको क्षति भएको थियो ।
छा–याँ नेपाल काठमान्डौंले भुकम्प बाट अतिनै प्रभावित क्षेत्र जाजरकोटको नलगाड नगरपालिका वडा नं. ६ थाप्लामा १०० जना सुस्केरी तथा गर्भवति महिलालाई फिल्टर ,थर्मस , प्रेसरकुकर, न्यानाे पछ्याैरी, गेडागुडी ,लिटो गरि एक जनालाई झन्डै १५ हजार बराबरको समान वितरण गरेको छ । त्यसैगरि आठबिसकोट नगरपालिका वडा नं.१३ मा पनि साेही अनुसारकाे राहत सामाग्री वितरण गरिएकाे छा–याँ नेपाल कर्णालीका प्रदेश टिम लिडर मीन बहादुर रावलले जानकारी बताए । छा–याँ नेपाल संस्थाले शिक्षा, स्वास्थ्य, खानेपानी सरसफाइ तथा स्वच्छता, महिला शशक्तिकरण, जिवीकोपार्जन, र मानवीय सहायताका क्षेत्रमा कार्य गर्दे आएको र दैवीप्रकोपमा परेका समुदाय र बालबालिकाहरुको क्षेत्रमा पनि काम गर्दै आएकाे छ ।
त्रिपालमुनी बस्दा सवैभन्दा धेरै बालबालिका, वृद्दवृद्दा र दिर्घराेगी समस्यामा परेका छन् ।
छाया नेपालले अवको एक केहि समय पछि भुकम्पले भत्किएर विद्यालय सञ्चालनमा आउन नसकेका विद्यालय लाई पुर्ण सञ्चालनमा ल्याउनको लागी अस्थायी टहरा समेत बनाउने भएको छ ।