१२ श्रावण २०८१, शनिबार

जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडित गर्भवती र सुत्केरी महिलालाइ राहत साम्राग्री वितरण

कर्णाली अपडेट

जाजरकोट । छा–याँ नेपाल काठमान्डौंले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडित गर्भवति र सुत्केरी महिलालाई राहत साम्राग्री सहयोग गरेको छ । गत कार्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका वडा नं १ रामीडाँडालाई केन्द्रविन्दु बनाएर आएको भुकम्पले जाजरकोट लगाएत छिमेकी जिल्ला रुकुम पश्चिममा ठुलो मात्रामा जनधनको क्षति भएको थियो ।

छा–याँ नेपाल काठमान्डौंले भुकम्प बाट अतिनै प्रभावित क्षेत्र जाजरकोटको नलगाड नगरपालिका वडा नं. ६ थाप्लामा १०० जना सुस्केरी तथा गर्भवति महिलालाई फिल्टर ,थर्मस , प्रेसरकुकर, न्यानाे पछ्याैरी, गेडागुडी ,लिटो गरि एक जनालाई झन्डै १५  हजार बराबरको समान वितरण गरेको छ । त्यसैगरि आठबिसकोट नगरपालिका वडा नं.१३ मा पनि साेही अनुसारकाे राहत सामाग्री वितरण गरिएकाे छा–याँ नेपाल कर्णालीका प्रदेश टिम लिडर मीन बहादुर रावलले जानकारी बताए । छा–याँ नेपाल  संस्थाले  शिक्षा, स्वास्थ्य, खानेपानी सरसफाइ तथा स्वच्छता, महिला शशक्तिकरण, जिवीकोपार्जन, र मानवीय सहायताका क्षेत्रमा कार्य  गर्दे आएको र   दैवीप्रकोपमा परेका समुदाय र बालबालिकाहरुको क्षेत्रमा  पनि काम गर्दै आएकाे छ ।

त्रिपालमुनी बस्दा सवैभन्दा धेरै बालबालिका, वृद्दवृद्दा र दिर्घराेगी समस्यामा परेका छन् ।

छाया नेपालले अवको एक केहि समय पछि भुकम्पले भत्किएर विद्यालय सञ्चालनमा आउन नसकेका विद्यालय लाई पुर्ण सञ्चालनमा ल्याउनको लागी अस्थायी टहरा समेत बनाउने भएको छ ।

२ पुष २०८०, सोमबार २२:४२ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्