१० कार्तिक २०८२, आईतवार

प्रदेश स्तरीय १४ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधि सुर्खेतलाई

कर्णाली अपडेट

सुर्खेत । कर्णाली प्रदेश स्तरीय १४ औं राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदको आयोजनामा यहि फागुन ७ गतेदेखि ९ गतेसम्म संचालन भएको उक्त प्रतियोगितामा सुर्खेत जिल्लाले ४५ स्वर्ण सहित उपाधि जितेको हो ।

जम्मा ६ खेल समावेश गरिएको उक्त प्रतियोगितामा ४५ स्वर्ण १४ रजत ७ कास्य सहित १४ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधि सुर्खेतले हात पारेको छ । छात्र तर्फ २० स्वर्ण ५ रजत ४ कास्य जित्यो भने छात्रातर्फ २५ स्वर्ण ९ रजत ३ कास्य जित्यो ।

यस्तै पश्चिम रुकुमले जम्मा ५ स्वर्ण १३ रजत १७ कास्य सहित द्धितिय भयो भने सल्यानले ५ स्वर्ण, १२ रजत,१८ कास्य सहित तृतिय भएको कर्णाली प्रदेश खेलकुद विकास परिषदका प्रशिक्षण विभाग प्रमुख प्रदिप राईले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागि भएका कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मंगल बहादुर शाहीले खेलाडीहरुले नै कर्णालीलाई चिनाएको भन्दै खेलाडीहरुलाई धन्यवाद दिए । खेल क्षेत्रको विकासको लागि सबैले लाग्नु पर्ने भन्दै मन्त्री शाहीले सम्पूर्ण खेलाडीहरुलाई अनुसाशित भएर खेल्न आग्रह गरे । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदै गएकोले कर्णालीका खेलाडीहरुले त्यसको पूर्व तयारीमा लाग्नु पर्ने बताए ।

यस्तै कार्यक्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले विजयी हुने खेलाडीहरुलाई बधाइ दिदै केन्द्रीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको लागि छनौट भएका खेलाडीहरुलाई मेहनतका साथ आफ्नो तयारीलाई अगाडी बढाउन निर्देशन दिए । सदस्य सचिव संज्यालले पछिल्लो समय खेल क्षेत्रमा कर्णालीले पाएको सफलताले अबको एक दशकमा कर्णालीका खेलाडीहरुले राष्ट्रिय स्तरमा आफ्नो वर्चस्व कायम राख्नेमा आफु विश्वस्त रहेको बताए ।

९ फाल्गुन २०८०, बुधबार २०:२४ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्