११ माघ २०८२, शनिबार

जाजरकोटमा संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

कर्णाली अपडेट

जाजरकोट । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को अवसरमा जाजरकोटमा विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरि मनाइएको छ। जिल्ला प्रशासन कार्यालय जाजरकोट र जिल्ला समन्वय समितिको संयुक्त आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको सभाध्यक्षता जिल्ला समन्वय समितिका प्रमुख काली बहादुर खत्रीले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेल, जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलका प्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा उपस्थित वक्ताहरूले संविधानको कार्यान्वयन, लोकतान्त्रिक मूल्यको संरक्षण र सुशासन प्रवर्द्धनमा सबै पक्षको साझा जिम्मेवारी रहेकोमा जोड दिएका थिए। सहभागीहरूले नेपालको लोकतान्त्रिक उपलब्धि र संघीय गणतन्त्रलाई सुदृढ बनाउन सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

कार्यक्रममा संविधान तथा राष्ट्रिय दिवसले ल्याएको ऐतिहासिक उपलब्धिलाई आत्मसात् गर्दै समृद्ध र समावेशी समाज निर्माणमा साझा प्रतिबद्धता व्यक्त गर्दै यस अबसरमा सम्पूर्ण सरकारी कार्यालयहरूले साँझ दिपावली गर्न प्रमुख जिल्ला अधिकारी राजु प्रसाल पौडेलले आग्रह गर्नुभयो ।

३ आश्विन २०८२, शुक्रबार १६:२८ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्