जाजरकोट । भेरी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका बारबर्दिया नगरपालिका ४ का ३५ बर्षिया गोबिन्द थारुको शव फेला परेको छ । गत चैत्र १२ गते जाजरकोटको भेरी नगरपालिका वडा नं १३ राख्सेमा भेरी नदिमा नुहाउने क्रममा उनि वेपत्ता भएका थिए । नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको लगातारको खोजीले उनको शव बुधबार घाटाचौर स्थीत सल्यान र जाजरकोट जोड्ने झोलुङ्गे पुल मुनी भेरी नदिमा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सुचना अधिकारी मावध विश्वकर्माले बताए ।
उनी भेरी नगरपालिका १३ कुदुमा लेबर काम गर्दे आएका थिए ।
५ बैशाख २०८१, बुधबार १९:१३ मा प्रकाशित