२३ भाद्र २०८१, आईतवार

नलगाड नगरपालिका र बारेकाेट गाउँपालिकामा फिजियोथेरापी तथा शारीरिक पुर्नस्थापना शिविर सम्पन्न

कर्णाली अपडेट

जाजरकोट । नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा निःशुल्क फिजियोथेरापी तथा शारीरिक पुर्नस्थापना शिविर सम्पन्न भएकाे छ ।

ह्याण्डिक्याप इन्टरनेशनल र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको आयोजना, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र नलगाड नगरअपस्तालकोे समन्वयमा दुई दिने निःशुल्क फिजियोथेरापी तथा शारीरिक पुर्नस्थापना शिविर संचालन गरिएको हो ।

दुई दिन सम्म चलेकाे निशुल्क शिविरबाट २ सय २२ बढिले सेवा लिएका छन ।  नलगाड नगरपालिकाको वडा नंः १२ भगवती स्वास्थ्य चौकी अवलगुर्तामा संचालन गरिएको शिविरबाट ९२ जनाले उपचार सेवा लिएका थिए भने, बारेकोट गाउँपालिका वडा नंः ४ जिरी आधारभुत स्वास्थ्य केन्द्रमा संचालन गरिएको शिविरबाट १ सय ३० जनाले उपचार सेवा लिएका थिए ।

शिविरमा अपाङ्गतामा भएका व्यक्तिहरुलाई फिजियोथेरापी सेवा, पाँच बर्ष मुनिका अपाङ्गता बालबालिकाहरुको शिघ्र पहिचान र परामर्श, पाठेघरको समस्याको परामर्श, गर्धन, ढाड, कुम दुखेको, नशा च्यापिएको, हड्डी भाँचिएको, पक्षघात भएको, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण परामर्श लगायतका सेवा प्रदान गरिएको पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका अध्यक्ष छवी पन्तले बताए ।

भगवती स्वास्थ्य चौकी अवलगुर्तामा ३५ जना र बारेकोट–४ जिरी आधारभुत स्वास्थ्य केन्द्रमा ४६ जना गरी ८१ जना अपाङ्गता भएका सेवाग्राहीहरुलाई सहायक साम्रगीहरु समेत बितरण गरिएको छ । त्यसै गरि शिबिरमा आएका बिरामीहरु मध्ये जटिल समस्या भएका ५५ जना बिरामीहरुलाई नलगाड नगर अपस्ताल दल्ली जाजरकोट र हायर सेन्टरमा रिफर गरिएको पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका पहुँच वृद्धि परियोजका परियोजना संयोजक गगन खड्काले बताए ।

स्वास्थ्य चौकी भगवती नलगाड नगरपालिका वडा न १२ जाजरकोटको कार्यक्रममा वडा अध्यक्ष मोहन बहादुर खत्री , नलगाड आधारभुत स्वास्थ्य तथा सरसफाई शाखा प्रमुख तप्त चनारा, स्वास्थ्य चौकी प्रमुख डिल्लीराज खड्का, ह्याण्डिक्याप इन्टरनेशनल प्राविधिक अधिकृत प्रज्वल गिरी, नलगाड नगर अपस्तालका सहायक फिजियोथेरापिस्ट प्रिमान गुरुङ्ग र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका पहुँच वृद्धि परियोजका परियोजना संयोजक गगन खड्का, परियोजना सहायकहरु सहितको उपस्थिती रहेको थियो ।

त्यसै गरी बारेकोटको जिरी आधारभुत स्वास्थ्य केन्द्र वडा कार्यालयको आयोजना, वडा अध्यक्ष विष्णु बहादुर रावतको अध्यक्षतामा सम्पन्न भएको थियो । स्वास्थ्य केन्द्र प्रमुख दान कुमारी सिंह, ह्याण्डिक्याप इन्टरनेशनल प्राविधिक अधिकृत प्रज्वल गिरी, अग्निराज शाही, मनिषा सुवेदी, नलगाड नगर अपस्तालका सहायक फिजियोथेरापिस्ट प्रिमान गुरुङ्ग र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका पहुँच वृद्धि परियोजका परियोजना संयोजक गगन खड्का, परियोजना सहायकहरु सहितको उपस्थिती रहेको थियो ।

५ असार २०८१, मंगलवार १२:०१ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्