२२ भाद्र २०८१, शनिबार

बाढीले बगाउँदा एक जनाको मृत्यु ६ घाइते, तीन जनाको अवस्था गम्भीर

सराेज वली

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिकामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

गए राती करिब ११ बजे तिर कुशे गाउँपालिका १ तारेचौर नजिकै खोलामा माछा मार्न गएका उनको अविरल वर्षा पछि आएको बाढीले बगाएर मृत्यु भएको हो । मृत्यु हुनेमा कुशे गाउँपालिका ९ पैंकका बर्ष ३८ का इन्द्र बहादुर रोकाय रहेको कुशे गाउँपालिकाका उपाध्यक्ष देवीका सिंहले बताइन् । उनी सँगै गएका ६ जनाको भने प्रहरी, स्थानीय, जनप्रतिनिधिले घाईते अवस्थामा उद्धार गरेका थिए ।

घाइते हुनेहरूमा कुशे ४ का राजेन्द्र बहादुर शाही सोही वडाकै खिम बहादुर शाही, पृथ्वी बहादुर शाही, जीवन जैसी कुशे १ का दीपेन्द्र बहादुर चलाउने रहेको उपाध्यक्ष सिंहले बताइन् । घाइते ६ जना मध्ये तीन जना खिम बहादुर शाही, राजु शाही र जीवन शाहीको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि नेपालगन्ज पठाइएको र अन्य तीन जना घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका कार्यालय प्रमुख डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले बताए ।

१० असार २०८१, आईतवार ०८:०५ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्