३१ भाद्र २०८१, सोमबार

सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म जाजरकोटले मनायाे आफ्नो नवौँ स्थापना दिवस

सराेज वली

जाजरकोट । सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म जाजरकोटले आफ्नो नवौँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।

सशस्त्र प्रहरी बल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका सशस्त्र प्रहरी नायव महानिरीक्षक बाहिनी पति दुर्गा प्रसाद भट्टराईको प्रमुख आतिथ्य तथा जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको विशेष आतिथ्यमा जाजरकोटमा सशस्त्र प्रहरी बल स्थापना भएको नौ वर्ष पुरा भएको अवसरमा स्थापना दिवस मनाइएको हो ।

पानसमा बत्ती बालेर उद्घाटन गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा बाहिनी पति भट्टराईले कठिन परिस्थितिमा पनि सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक बहन गर्न सफल भएको बताउनुभयो ।

साथै उहाँले जाजरकाेटमा वि.स. २०७३ सालमा स्थापना भएपछि सशस्त्र प्रहरी बलले विपद्, शान्ति सुरक्षा, सडक दुर्घटना लगायतमा अहम् भूमिका निबार्ह गर्नुका साथै सरोकारवाला निकायहरू सँगको समन्वय सहकार्यमा सामाजिक कार्यमा पनि अहम् भूमिका निबार्ह गर्दै आइरहेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म जाजरकोटका सशस्त्र प्रहरी बल नायव उपरीक्षक विकाश थापाले नेपालको राष्ट्रिय अखण्डता, सार्वभौम सत्ता र जनताको नैसर्गिक अधिकारको लागि शक्ति सुरक्षा मूल मन्त्रलाई आत्मसाथ गर्दै सशस्त्र प्रहरी बल अहोरात्र खटिरहेको बताउनुभयो ।

स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म जाजरकोटले विभिन्न समयमा प्रतक्ष, अप्रतक्ष रूपमा सहयाेग गर्ने कार्यालय, संघ संस्था, व्यक्ती हरूलाई कदर पत्रले सम्मान गर्नुका साथै  संगठन भित्रकाे खेलकुदमा उत्कृष्ट हुने कर्मचारी, उत्कृष्ट कार्य गर्ने कर्मचारीहरूलाइ प्रमाण पत्र, नगद सहितले सम्मान गरिएको सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म जाजरकोटले जनाएको छ ।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका नायव महानिरीक्षक बाहिनी पति ,जाजरकोटका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना गणपति, प्रहरी प्रमुख, अनुसन्धान प्रमुख, जनप्रतिनिधि, उद्योगी, पत्रकार लगाएको सहभागिता रहेको थियो ।

१९ असार २०८१, मंगलवार १८:१६ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्