१८ कार्तिक २०८२, सोमबार

वर्षाले घर भत्किदा ८ जना घाइते, ३ को अवस्था गम्भीर

सराेज वली

जाजरकोट । गए रातिको अविरल वर्षाले जाजरकोटको छेडागाड नगरपालिका( १२ काडागाउँमा घर भत्किदा ८ जना घाइते भएका छन् ।

बिहान १ बजेको समयमा पदम अधिकारीको १ तले कच्ची घर भत्किदा उनीहरू घाइते भएका हुन् । घाइते हुनेहरूमा वर्ष ३५ का पदम अधिकारी वर्ष १० का दिनेश अधिकारी वर्ष ३० की सरिता अधिकारी वर्ष १४ का नवीन अधिकारी वर्ष ६५ की भिरकुली अधिकारी वर्ष १५ की सुजता अधिकारी वर्ष १६ की सङ्गीता अधिकारी र वर्ष १४ का नवराज अधिकारी रहेका छन् ।

उनीहरूलाई घर भत्के लगत्तै स्थानीयहरूले उद्धार गरी थप उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको र हाल उनीहरूकाे उपचार भैरहेकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले बताए ।

घाइते मध्य तिन जना सरिता अधिकारी, पदम अधिकारी र दिनेश अधिकारीको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

११ श्रावण २०८१, शुक्रबार १०:१६ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्