३१ भाद्र २०८१, सोमबार

राजीवविक्रम शाहको नेतृत्वमा कांग्रेस कर्णाली सरकारमा

कर्णाली अपडेट

सुर्खेत । कर्णाली प्रदेश सरकारमा  नेपाली कांग्रेस सहभागी भएकाे छ ।

सांसद राजीवविक्रम शाहको नेतृत्वमा नेपाली कांग्रेस सरकारमा सहभागी भएकाे हाे । उनको नेतृत्वमा कांग्रेसबाट सुरेश अधिकारी, घनश्याम भण्डारी र विजया बुढा मन्त्री बनेका छन् ।
कांग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमन शाहीकाअनुसार शाहले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने घनश्याम भण्डारीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै विजया बुढालाई जलस्रोत तथा ऊर्जा मन्त्रालय र सुरेश अधिकारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय दिइएको छ ।
प्रवक्ता शाहीका अनुसार मन्त्रीको नाम लिस्ट मुख्यमन्त्री यामलाल कँडेललाई बुझाइसकिएको छ । मुख्यमन्त्री कँडेलले प्रदेश प्रमुखलाई सिफारिस गरी आज दिउँसो २ बजेसम्म शपथ ग्रहण कार्यक्रम हुने बताइएको छ ।
कांग्रेसबाट मन्त्री भएकामध्ये तीन जना संस्थापन पक्षधर हुन् भने सुरेश अधिकारी शेखर कोइराला पक्षधर हुन् ।

१८ श्रावण २०८१, शुक्रबार १३:०० मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्