३१ भाद्र २०८१, सोमबार

जाजरकोट जिप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

कर्णाली अपडेट

जाजरकोट । मंगलवार दिउँसो भएको बोलेरो जिप दुर्घटनाका मृतकको संख्या दुई पुगेको छ ।

गम्भिर घाइते भई प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा रिफर गरिएका भेरी नगरपालिका–६ का ८० वर्षीय कलिमान खत्रीको गएराति १०ः३० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

मङ्गलवार दिउँसो ३ बजेको समयमा खंलगादेखि भेरी नगरपालिका–६ नेटा बजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको थियो । दुर्घटना हुँदा जीप चालक भेरी नगरपालिका–६ गंगटियाका ३४ वर्षीय मानबहादुर वलीको घटनास्थलमै मृत्यु भएको थियो । अन्य घाइतेहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।

२३ श्रावण २०८१, बुधबार १४:२४ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्