३१ भाद्र २०८१, सोमबार

पहिरोले जाजरकोट सडकखण्ड अबरूद्ध

कर्णाली अपडेट

जाजरकोट । जाजरकोटको बारेला नजिकै पहिरो आउँदा सडक अवरुद्ध भएको छ ।

जाजरकोटको भेरी नगरपालिका- १२ बारेला नजिकै सडकमाथिबाट पहिरो झर्दा सदरमुकाम खलंगालगायत जाजरकोट भएर छिमेकी जिल्ला रूकुम पश्चिम, डोल्पा जाने/आउने सबै यातायातका साधन ठप्प भएका छन् ।

सडक माथिबाट ठूलो ढुङ्गा झरेको हुनाले जेसीबीले पनि हटाउन नसेकेका कारण यातायात सेवा पूर्ण रूपले रोकिएको हो ।

जाजरकोट प्रवेश गर्ने मुख्य सडक यही मात्र हो ।

१ भाद्र २०८१, शनिबार ०९:३० मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्