६ पुष २०८१, शनिबार

जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, दुई घाइते

सरोज वली

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका-३ को बिराखोला कैना-कट्के सडकखण्डमा गए राति ११ बजे जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । ग३च ९८४५ नम्बरको डबल क्याप बोलेरो जीप दुर्घटना हुँदा थप दुई जना घाइते समेत भएका छन् ।

नलगाड नगरपालिका-५ कालिमाटीबाट नलगाड-३ करुवा जाँदै गरेको उक्त जीप सडकबाट करिब सात सय मिटर तल खोलामा खसेको थियो । जीपमा चालक सहित सवार सात जनालाई स्थानीय र प्रहरीले उद्धार गरी थप उपचारका लागि नगर अस्पताल दल्ली पुर्‍याए पनि सातमध्ये पाँच जनालाई डाक्टरले मृत घोषणा गरेका थिए ।

मृत्यु हुनेमा नलगाड नगरपालिका-३ करुवा बस्ने अन्दाजी ३१ वर्षीय चालक इन्द्रजित थापा, सोही वडाकै अन्दाजी ६४ वर्षीया शिला पुन, अन्दाजी ३२ वर्षीया शारदा थापा, अन्दाजी १७ वर्षीया लक्ष्मी पुन रोका र उनको एक महिनाको छोरा आलोचन रोका रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बताउनु भयो ।
घाइते दुईमध्ये २१ वर्षीय जीवन विकको अवस्था सामान्य रहेकोले सामान्य उपचार पश्चात उनलाइ डिस्चार्ज गरिएको र अर्का घाइते १९ वर्षीय जनक थापाको नगर अस्पताल दल्लीमा उपचार भइरहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार गाडीको ब्रेक फेल भएर दुर्घटना भएको हो ।

२७ मंसिर २०८१, बिहीबार ०७:५२ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्