२३ माघ २०८१, बुधबार

जाजरकोटमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

कर्णाली अपडेट समाचारदाता

जाजरकोट । जाजरकोटमा आज बिहान भएको टिपर दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ।

मध्यपहाडी लोकमार्गका जाजरकोट खण्डस्थित छेडागाड नगरपालिका–११ मा भे १ प १०५५ नम्बरको टिपर दुर्घटना भएको थियो। मृत्यु हुनेमा दाङको तुलसीपुर नगरपालिका–३ का अन्दाजी ४० वर्षीय हरिप्रसाद भट्टराई रहेका छन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश तिमिल्सेनाका अनुसार छेडागाड नगरपालिकाको नगर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

दुर्घटनामा चालक सुर्खेतको वीरेन्द्रनगर–१ का २५ वर्षीय सन्तोष सुनार र सहचालक दैलेखको नारायण नगरपालिका–८ का १८ वर्षीय सुजन रावल घाइते भएको तिमिल्सेनाले जानकारी दिए।

घाइतेमध्ये सुनारलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ। रावलको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

२२ माघ २०८१, मंगलवार १४:२७ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्