२८ फाल्गुन २०८१, बुधबार

स्वर्गीय आपुर्ती सहायक मन्त्री शाहको स्मृति दिवसमा जाजरकोट अस्पतालमा फलफूल वितरण

कर्णाली अपडेट

जाजरकोट: स्वर्गीय आपूर्ति सहायक मन्त्री तेज विक्रम शाहको तेस्रो स्मृति दिवसका अवसरमा जिल्ला अस्पताल जाजरकोटमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको छ ।

स्मृति दिवसको अवसरमा स्वर्गीय शाहका छोरा कृष्ण विक्रम शाह तथा पूर्व राष्ट्रिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठले बिरामीहरूलाई फलफूल वितरण गर्नुभएको थियो। कार्यक्रममा स्वर्गीय सहायक मन्त्री तेज विक्रम शाहले जाजरकोटको विकासमा पुर्याएको योगदानका बारेमा चर्चा गरिएको थियो ।

उक्त अवसरमा नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाह, नेकपा एमाले जाजरकोटका उपाध्यक्ष विश्व विक्रम शाहलगायत विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमले स्वर्गीय शाहको योगदानको स्मरण गर्दै सामाजिक सेवाका गतिविधिहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकतामा जोड दिएको थियो। सहायक मन्त्री शाहको ९१ वर्षको उमेरमा  २०७८ माघ २९ गतेका दिन निधन भएको थियो ।

 

२९ माघ २०८१, मंगलवार १८:१३ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्