१० कार्तिक २०८२, आईतवार

जाजरकोटको पैंक आसपास केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प

भूकम्पबाट कुनैपनि मानवीय क्षति भएको छैन् : प्रहरी

कर्णाली अपडेट

जाजरकोट । जाजरकोटको पैंक आसपास केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प गएको छ । शुक्रबार राति ८ बजेर १० मिनेट जाँदा ५.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सोही स्थान केन्द्रबिन्दु भएर ८ बजेर ७ मिनेट जाँदा पनि ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो । लगातार दुई पटक भूकम्प गएपछि स्थानीय त्रसित भएका छन् । गत कार्तिक १७ गते जाजरकोटकै रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसैगरि जिल्ला प्रशासन कार्यालय जाजरकोटले एक विज्ञप्ति जारि गर्दै शुक्रवार राती आएको भूकम्पबाट क्षति भएमा सोको विवरण संकलन गरि जिल्ला प्रशासन कार्यालयमा पेश गर्न पनि आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार अहिले सम्म कुनैपनि मानवीय क्षति नभएको बताएको छ ।

२१ चैत्र २०८१, शुक्रबार २१:५८ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्