३२ जेष्ठ २०८२, शनिबार

ह्यान्डिक्याप ईन्टरनेशनल द्वारा अपांग स्वाबलम्बन संस्थालाई कार्यालय सामग्री हस्तान्तरण

कर्णाली अपडेट

जाजरकोट । अपांग स्वाबलम्बन संस्था जाजरकोटलाई ह्यान्डिक्याप ईन्टरनेशनलसँगको साझेदारीमा सञ्चालित ‘पहुच वृद्धि परियोजना’ अन्तर्गत कार्यालय प्रयोजनका लागि आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको छ।

संस्थालाई २ थान कम्प्युटर, २ थान दराज, २ थान टेवल  लगायतका सामग्रीहरू  हस्तान्तरण गरिएको हो। संस्थाले अपांगता भएका व्यक्तिहरूको क्षमता अभिवृद्धि, अवसरको पहुँच र सामाजिक समावेशीतामा सक्रिय भूमिका खेल्दै आइरहेको छ। कार्यालय सामग्रीको हस्तान्तरणले संस्थाको दैनिक कार्यसञ्चालनलाई थप प्रभावकारी बन्ने छ ।

ह्यान्डिक्याप ईन्टरनेशनलसँगको सहकार्यमा सञ्चालित उक्त परियोजनाले अपांगता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न र उनीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्य राखेको पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष छवि पन्तले बताउनुभयो।।

२७ जेष्ठ २०८२, सोमबार १४:३७ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्