जाजरकोट । जाजरकोट भेरी नगरपालिका–१ रिम्नास्थित बि.सि. फर्निचर उद्योगमा कार्यरत एक व्यक्ति आरा मेसिनमा परि गम्भीर घाइते भएका छन् ।
रुकुम पश्चिम सानीभेरी गाउँपालिका–४ घर भई हाल रिम्नास्थित सो उद्योगका सञ्चालक ५४ वर्षीय नन्दराम बुढा मंगलबार बिहान करिब १० बजे काम गर्ने क्रममा बिद्युतिय आरा मेसिनमा पर्न गई पेटमा गम्भीर चोट लागेको थियो।
घाइते बुढालाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिएकोमा अवस्था गम्भीर भएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत स्थित प्रदेश अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
२१ आश्विन २०८२, मंगलवार १५:१० मा प्रकाशित














