९ कार्तिक २०८२, शनिबार

पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटको सामाजिक परीक्षण सम्पन्न

कर्णाली अपडेट

जाजरकोट — पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटको आर्थिक वर्ष २०८१/०८२ को सामाजिक परीक्षण कार्यक्रम असोज ३१ गते भेरी नगरपालिका–३ स्थित थकाली होटलमा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष छवि पन्तले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा कर्णाली प्रदेश सभा सदस्य तथा पूर्व आर्थिक मामिला तथा योजना मन्त्री माननीय बेदराज सिंह सहभागी हुनुभएको थियो।

कार्यक्रममा कार्यक्षेत्रभित्रका विभिन्न वडाका वडा अध्यक्षहरू, सरकारी निकायका प्रतिनिधिहरू, विभिन्न संघ–संस्था, पत्रकार तथा सेवाग्राहीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा संस्थाले सञ्चालन गरेका विभिन्न कार्यक्रम र परियोजनासम्बन्धी सवाल–जवाफ तथा सुझाव–संवाद सत्रसमेत सम्पन्न गरिएको थियो।

कार्यक्रमको सहजीकरण बासुदेव शर्माजयन्ता खत्रीले गर्नुभएको थियो। सहजकर्ताद्वयले संस्थाद्वारा आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालित परियोजनाहरू —

  • सेभ चिल्ड्रेनबाट ‘सहयात्रा तेस्रो, किशोर–किशोरी मातृ तथा नवजात स्वास्थ्य सेवा सुदृढीकरण परियोजना, माई फरेष्ट परियोजना, र बालिका शिक्षा तथा सशक्तीकरण परियोजना’;
  • वल्र्ड भिजन इन्टरनेशनल नेपालबाट ‘संरक्षण तथा सामुदायिक संलग्नता बाल स्पोन्सरशिप परियोजना, समावेशी गुणस्तरीय शिक्षा परियोजना,
  • कर्णाली भूकम्प पुनर्लाभ परियोजना, समावेशी जीविकोपार्जन परियोजना,
  • अपाङ्गता भएका तथा संकटग्रस्त व्यक्तिहरूको स्वास्थ्य पुनर्स्थापना आर्थिक–सामाजिक पहुँच वृद्धि परियोजना
  •  बाल विवाहविरुद्धको साझा अभियान’ अन्तर्गत जाजरकोट र रुकुम पश्चिमको सानोभेरी नगरपालिका क्षेत्रमा सञ्चालित कार्यक्रमहरूको बारेमा विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो।

सो अवसरमा सेवाग्राहीहरूले संस्थाद्वारा प्रदान भएका सेवाको प्रभावकारिता, समस्या तथा सुधारका सुझावहरू राखेका थिए। संकलित सुझाव र प्रतिक्रियाका आधारमा संस्थाले आगामी वर्षका योजनाहरू अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

१ कार्तिक २०८२, शुक्रबार २१:५९ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्