४ फाल्गुन २०८२, सोमबार

पहिलो खेलमै माउन्टको प्रदर्शनबाट प्रभावित प्रशिक्षक एरिक

कर्णाली अपडेट

इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले आफ्नो पहिलो खेलमै मिडफिल्डर मासन माउन्टले उत्कृष्ट प्रदर्शन गरेको बताएका छन् । उनले माउन्टको प्रदर्शनबाट आफू निकै प्रभावित भएको धारणा पनि ब्यक्त गरेका छन् । म्यानचेस्टर युनाइटेडले बुधबार राति ओस्लोमा खेलिएको प्रिसिजन खेलमा लिड्स युनाइटेडलाई २—० गोलले हराएको थियो । उक्त खेलमा २४ वर्षीय माउन्ट पनि पहिलो हाफमा मैदानमा ओर्लिएका थिए । म्यानचेस्टर युनाइटेडबाट यो उनको पहिलो खेल हो ।

उक्त खेलमा म्यानचेस्टर युनाइटेडले दुबै गोल दोस्रो हाफमा गरेको थियो । ६७ औं मिनेटमा नोम एमरन र ८१ औं मिनेटमा जोए ह्युगिलले एक—एक गोल गरेका थिए । प्रशिक्षक एरिकले खेलको दोस्रो हाफमा टोलीमा ११ वटा परिवर्तन गरेका थिए । प्रभावशाली मिडफिल्डर माउन्ट यसै सिजन म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका हुन् । चेल्सीबाट उनलाई भित्राउन म्यानचेस्टर युनाइटेडले पाँच करोड ५० लाख पाउन्ड खर्चिएको थियो । ‘पहिलो खेलमै उनको प्रदर्शन उत्कृष्ट रह्यो । हामीले माउन्टबाट निकै आशा गरेका छौं,’ खेलपछि प्रशिक्षक एरिकले भने ।

२८ असार २०८०, बिहीबार १५:२३ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्