१२ श्रावण २०८१, शनिबार

२ वर्षभित्र सबै सिंचाई योग्य जमिनमा सिंचाई सुविधा पुग्छ : मन्त्री बस्नेत

कर्णाली अपडेट

जाजरकोट । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र जाजरकोटको सिंचाई योग्य जमिनमा सिंचाई सुविधा पुर्याउने बताएका छन। पार्टीको ३ महिने अभियानका लागि गृह जिल्ला जाजरकोट पुगेका मन्त्री २ वर्षपछि सिंचाई सम्भावना रहेको सबै जमिनमा सिचाई सुविधा पुर्याइछोड़ने बताए। प्रेस सेन्टर नेपाल, जाजरकोटले सदरमुकाम खलंगामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री बस्नेतले सम्भावना हेरेर लिफ्ट, सतह र आकाशे पानी संकलनको विधिबाट सिचाई सुविधा पुर्याउने दावि गरे । यसअघि सिंचाई सम्बन्धि काम गर्ने कार्यालय कर्णाली प्रदेशमै नभएको भन्दै आफु मन्त्री भएपछि सिंचाई हेर्ने कार्यालय जाजरकोटमा स्थापना गर्न सफल भएको उनको भनाइ छ। यो भन्दा पहिले सिचाई सम्बन्धि काम हेर्ने- कार्यालय प्रदेशमा थिएन, बर्दियाबाट हेर्ने गरिन्थ्यो मन्त्री बस्नेतले भने, ‘मैले मन्त्रालय सम्हालेपछि सो कार्यालय जिल्लामै स्थापना गर्न सफल भएको छु, अब हप्ता दिनमा कार्यालय संचालनमा आउछ ।’

आफु जिल्लाको पूर्वाधार विकास संगै जनताको चेतना र आर्थिक स्थिति सुधारमा केन्द्रीत भएको उनले बताए । कृषि क्षेत्रमा आधुनिकिकरणमा गर्ने क्रममा रहेको भन्दै मन्त्री बस्नेतले भने, एकै जिल्ला महुरी, सुन्तला र ओखर जोन कार्यक्रम सन्चालन गरिएको छ यो सामान्य विषय होइन ठुलो कसरत पछि सम्भव भएको हो ।’

सुन्तला जोनलाई सुपर जोनमा लग्ने योजना रहेको उनको भनाई छ। जिल्लामा ८५ प्रतिशत खानेपानीको पहुँच रहेको भन्दै कुदु, भुरचौर लगाएत बाँकी रहेको १५ प्रतिशत खानेपानीको समस्याको तत्काल पहिचान गरेर समाधान गरिने बताए । जिल्लामा बहुप्राविधिक शिक्षालय संचालनमा आएपछि जिल्लावासीले सुलभ ढंगले व्यवसायिक शिक्षा प्राप्त गरिरहेको भन्दै मन्त्री बस्नेतले प्रशासनिक भवन निर्माण भएको काफलचाैरमा होस्टेल लगाएतक संरचना बनाउन पहल गर्ने बताए । ५० शैंयाको जिल्ला अस्पतालमा भौतिक संरचना निर्माणको काम सकिएकोले तत्काल आवश्यक रहेको जनशक्ति व्यवस्थापनमा आफु लाग्ने बताए। ‘अस्पतालको भौतिक संरचना प्रयाप्त बनिसके अब जनशक्तिको अभाव छ, त्यसका लागि १ महिना भित्र परिणाम देखिने गरि पहल गर्छु,’ मन्त्री बस्नेतले भने ।

जिल्लाको संचार सेवा विस्तारको लागि पनि आवश्यक पहल भइरहेको उनले बताए। हाल नेपाल टेलिकमको २८ वटा बिटिएस टावर निर्माण भएकोमा २१ वटा सन्चालनमा आएको र बाकी तत्काल संचालनमा ल्याउन काम भईरहेको भन्दै त्यतिले पनि नपुगे आवश्यक ठाउँमा विषेश व्यवस्था गरि १ वर्ष भित्र सबै ठाउमा संचार सेवा पुर्याउने मन्त्री बस्नेतको विश्वास छ ।

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव समेत रहेका मन्त्री बस्नेत पार्टीको जनता संग माओवादी विशेष रुपान्तरण अभियानको उद्घाटनका लागि गृह जिल्ला जाजरकोट पुगेका हुन ।

१७ भाद्र २०८०, आईतवार १४:३८ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्