१० कार्तिक २०८२, आईतवार

जाजरकोटमा भूकम्पले गर्दा त्रिपालमुनि बस्दै आएकी सुत्केरी चदाराको चिसोबाट मृत्यु

कर्णाली अपडेट

जाजरकोट 

भूकम्पले घरमा क्षति पुर्‍याए पछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । उनी सुत्केरी भएको करिब एक महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले शर्मिला चदाराको गए राति चिसोबाट मृत्यु भएको जानकारी दिनु भएको हो ।
नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भन्नु भयो , ‘घर बाहिर त्रिपालमुनि बस्दै आउनु भएको चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ ।

शर्मिला चदाराले छोरीको जन्म दिनु भएको थियो। गत कात्तिक १७ गते राति ११,४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका थिए । भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ ।

११ मंसिर २०८०, सोमबार १०:३० मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्