‘आईएमई पे’ मार्फत यती एयरलाइन्सको टिकट काट्ने सेवाग्राहीले ५०० रूपैयाँसम्म छुट प्राप्त गर्ने भएका छन् ।
सो छुट प्राप्त गर्न सेवाग्राहीले यती एयरलाइन्सको वेबसाइट अथवा एप मार्फत टिकट बुक गर्ने क्रममा प्रोमो कोड “MONSOONYT51” प्रयोग गरी आईएमई पे मार्फत भुक्तानी गर्नुपर्नेछ ।
मनसुनलाई लक्षित गर्दै प्रदान गरिएको यो छुट योजना ३१ असारसम्म लागु हुनेछ।
२८ असार २०८०, बिहीबार १२:०४ मा प्रकाशित