१२ श्रावण २०८१, शनिबार

भूकम्प पीडित बालबालिकालाई पोषणयुक्त खाद्यान्न सामाग्री वितरण

कमान खड्काको व्यक्तिगत लगानीमा ४ लाख बढीको राहत प्रदान

भिम खड्का

जाजरकोट । नेकपा एकिकृत समाजवादीले जाजरकोटका भुकम्प पिडित बालबालिकालाई पोषणयुक्त खाद्यान्न सामाग्री वितरण गरेको छ । समाजवादीले केन्द्रीय अध्यक्ष माधव कुमार नेपालको पहलमा ग्रामीण विकासका लागि चाइना फाउन्डेसनबाट प्राप्त राहत सामाग्री वितरण गरेको हो ।

भुकम्पले प्रभावित विद्यालय भेरी नगरपालिका २ को जनता प्रा.बि र बिष्णु प्रा.बि का १ सय ३५ जना विद्यार्थिहरुलाई पोषण युक्त खाद्यान्न सामाग्री बितरण गरेका हो ।

त्यसैगरी उक्त पार्टिको कर्णाली प्रदेश कमिटी को आर्थीक सहयोगमा ५० हजार रुपैयाँको फाइवर सिरक २५ थान, ठुलो त्रिपाल १० थान वितरण गरेको छ ।
कमान खड्काको व्यक्तिगत लगानीमा ४ लाख बढीको राहत प्रदान
नेकपा एकिकृत समाजवादीका जिल्ला पार्टीै अध्यक्ष कमान खड्काले ब्यक्तिगत लगानीमा ४ लाख वढिको राहत सामाग्री वितरण गरेका छन् ।

जिल्ला अध्यक्ष खड्काले भुकम्पबाट अति प्रभावित क्षेत्रका विपन्न नागरिकलाई ४ लाख १३ हजार १ सय ८० रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको कार्यालय सचिव शिव प्रसाद शर्माले वताए । खड्काले जिल्लाको भेरी नगरपालिकाको वडा नं. १, २ र ११ का २ सय ८८ घर परिवारलाई न्यानो कपडा, खाद्यान्न, त्रिपाल, ब्लाङ्गकेट लगाएतको राहत सामाग्री वितरण गरिएको शर्माले बताए ।

त्यसैगरि जिल्लाको भुकम्प प्रभावित क्षेत्रका एकल महिला, जेष्ठ नागरिक, बालबालिका, सुत्केरी महिलाहरुको लागि आवश्यक पर्ने सामाग्रीहरुको लागि २५ लाख बराबरको राहत सामाग्री वितरण गर्ने योजना रहेको शर्माले बताए ।

१७ मंसिर २०८०, आईतवार २१:४३ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्