१२ श्रावण २०८१, शनिबार

भेरी नगरपालिकाले बन्द गर्‍यो भूकम्पपीडितलाई राहत वितरण

कर्णाली अपडेट

जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाले गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितहरुका लागि सबै प्रकारको राहत सामग्री वितरण कार्य बन्द गरेको छ ।

नगरपालिकाले आज (सोमबार) सूचना जारी गर्दै भूकम्प पीडितहरुलाई पहिलो चरणको राहत वितरण कार्य सम्पन्न भएको जनाउँदै राहत सामग्री वितरण कार्य पूर्ण रुपमा बन्द गरिएको जानकारी दिएको हो ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले भूकम्पपीडितका लागि तत्काल अस्थायी आवास निर्माण प्रक्रिया सुरु भएकाले राहत वितरण कार्य पूर्ण रुपमा बन्द गरिएको जनाए ।

नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ,‘…भूकुम्पबाट ठूलो जनधनको क्षति भइ प्रभावित घर- परिवारकालाई राहत वितरण गरिँदै आएकोमा पहिलो चरणको राहत वितरण कार्य सम्पन्न भएको र तत्काल प्रभावित घरपरिवारका लागि अस्थायी आवास निर्माण प्रक्रिया सुरु गरिएको हुँदा उप्रान्त सबै प्रकारका राहत सामग्री वितरण कार्य पूर्ण रुपमा बन्द गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ ।’

१८ मंसिर २०८०, सोमबार १५:४५ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्