६ माघ २०८२, सोमबार

गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको ज्यान गयो

कर्णाली अपडेट

गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको ज्यान गएको छ । मुसीकोट नगरपालिका वडा नम्बर १ काे नेटा सिम्लेका बेगबहादुर बलालकी छोरी टीका बलालको चट्याङ लागेर ज्यान भएको हाे ।

हिजाे बेलुका आफ्नै घरमा बसिरहेको बेला चट्याङ लाग्दा घाइते भएकी उनकाे उपचारका क्रममा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिनु भएको छ।

टीकालाई उपचारको लागि बाग्लुङकाे बुर्तीबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियाे ।

२८ असार २०८०, बिहीबार १२:१७ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्