६ बैशाख २०८१, बिहीबार

उड्न लागेको बुद्ध एयरको विमानको ढोका यात्रुले खोलेपछि…

कर्णाली अपडेट

फाइल फाेटाे

पोखरा । पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका यात्रुले खोलेका छन् । बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौं उड्न लागेको उडान नं. ६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेका थिए । विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको बुद्ध एयरले जनाएको छ । यात्रुबाट के कति कारणले ढोका खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले अध्ययन गरिरहेका पनि बुद्ध एयरले जनाएको छ ।

५ पुष २०८०, बिहीबार ११:०३ मा प्रकाशित
Nabintech