१२ श्रावण २०८१, शनिबार

चिसाेले जाजरकोटमा एक सुत्केरीको मृत्यु

सराेज वली

जाजरकोट । जाजरकोटमा चिसोका कारण जाजरकोटमा फेरि एक सुत्केरीको मृत्यु भएको छ । जाजरकोट कुशे गाउँपालिका ९, घर्तीगाउँकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको आज (बुधबार) बिहान मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए । उनको मृत्यु चिसोकै कारण भएको अध्यक्ष बस्नेतले बताए । उनले मंसिर १७ गते दुई छोरालाई जन्माएकी थिइन् । कात्तिक १७ गतेको भूकम्पपछि उनीसँगै सासू र श्रीमान त्रिपालमा बस्दै आएकी थिए । यसअघि मंसिर १० गते जाजरकोट नलगाडकी २५ वर्षीय सुत्केरी शर्मिला चदाराको पनि चिसोकै कारण मृत्यु भएको थियो ।

११ पुष २०८०, बुधबार १५:५३ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्