१२ श्रावण २०८१, शनिबार

जाजरकोट र रुकुम जोड्न भेरी नदीमा पुल बनाउने काम अलपत्र, कामदारले ज्यालासमेत पाएनन्

कर्णाली अपडेट

जाजरकाेट । जाजरकोटको नलगाड नगरपालिका–१० र रुकुम पश्चिमकाे आठबीसकोट नगरपालिका–५ भेरी नदीमा पुल निर्माण गर्ने आठ वर्षदेखिको योजना अलपत्र परेको छ ।

निर्माण कम्पनी मृत सञ्जीवनी/ग्याल्बा जेभीले १० करोड ३० लाख ४१ हजार रुपैयाँमा ठेक्का लिएर पुल निर्माणको प्रारम्भिक चरणका कामसमेत गरेको छैन । २०७३ सालको असार ३१ गते सम्झौता भएको पुल २०७५ पुस ३० गतेभित्रमा निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो तर कम्पनीले म्याद थपका लागि अनुरोध गरेपछि दुई वर्ष थप गरिएको थियो ।

अहिलेसम्म १५ प्रतिशत मात्र भौतिक प्रगति भएको सडक कार्यालय चौरजहारीका प्रमुख इन्जिनियर तेजस्वी शर्माले जानकारी दिनुभयो । आठ वर्षसम्म १५ प्रतिशत काम गर्ने निर्माण कम्पनीलाई सडक विभागले शीघ्र निर्माण सम्पन्न गरेको अनुरोधलाई बेवास्ता गर्दै आएको छ ।

यसैबीच कामदारहरूले आफूहरूको भुक्तानी पनि नदिएको गुनासो गरेका छन् । काम गरेकाे ज्याला नपाएको नलगाड नगरपालिका–१० का सुरेन्द्र थापाले बताउनुभयो । गोतामकोटकै गुमलाल विकको नेतृत्वमा काम गरेका मजदुरले १० लाख रुपैयाँ नपाएकाे भन्दै तत्काल भुक्तानी दिन माग गरेका छन् ।

१३ फाल्गुन २०८०, आईतवार १२:१७ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्