१२ श्रावण २०८१, शनिबार

अनेरास्ववियू (क्रान्तिकारी) जाजरकोटको अध्यक्षमा प्रदिप शर्मा

कर्णाली अपडेट

जाजरकोट । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) जाजरकोटको अध्यक्षमा प्रदिप शर्मा चयन भएका छन ।

छेडागाड नगरपालिकाको थलह बजारमा मंगलबार सम्पन्न २० औं जिल्ला सम्मेलनले शर्माको अध्यक्षतामा ३५ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा लाल बहादुर परियार, विनोद योगी र गणेश पहाडी तथा सचिव पूर्ण बहादुर थापा चयन भएका छन ।

त्यसैगरी सहसचिव गोविन्द शाही, धन बहादुर शाही र कल्पना शाही तथा कोषाध्यक्षमा चेतना गौतम चएन भएकी छन । सम्मेलनले संगठनको कार्यालय सचिवमा उन्नति विकलाई चयन गरेको अखिल क्रान्तिकारीले जनाएको छ ।

१५ फाल्गुन २०८०, मंगलवार १९:४७ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्