१२ श्रावण २०८१, शनिबार

सुर्खेतमा प्रदेशकै पहिलो महिला सम्मेलन हुने

कर्णाली अपडेट

सुर्खेत । वीरेन्द्रनगर सुर्खेतमा प्रदेशकै पहिलो महिला सम्मेलनको आयोजना गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाले सोमबारबाट वीरेन्द्रनगरमा महिला सम्मेलनको आयोजना गर्न लागेको हो । आयोजक नगरपालिका वीरेन्द्रनगरले अनुभव आदानप्रदान र सरकारी तहमा महिलाको नेतृत्वदायी भूमिका हुनुपर्छ भन्ने उदेश्यले सम्मेलनको आयोजना गर्न लागेको जनाएको छ । सम्मेलनको उद्घाटन नेपालका प्रथम पूर्व महिला राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् ।

सम्मेलनमा कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख, महिला नेत्री, आमा समूह, वडा समितिका अगुवा महिलाहरु सहभागी हुनेछन् । १ सय १४ औं श्रमिक महिला दिवसको पूर्व सन्ध्यामा कर्णालीमा महिला सम्मेलनको आयोजना गर्न लागिएको वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले जानकारी दिईन् ।

प्रमुख ढकालका अनुसार कार्यक्रममा मुख्यगरी उपप्रमुख/उपाध्यक्षहरुले नीति तथा बजेट निर्माण, न्यायिक र अनुगमन समितिमा काम गरिरहेकाले उनीहरुको अनुभव आदनप्रदान गरिनेछ । ‘कार्यक्रममा प्रदेश सरकार, प्रदेश सभा सांसद, अन्य राजनीतिक दलका महिला नेत्रीहरुलाई पनि निमन्त्रणा गरिसकेका छौं,’ ढकालले शनिबार पत्रकार सम्मेलन आयोजना गरेर भनिन, ‘अन्तर पार्टी महिला सञ्जाल सुर्खेत, शिक्षक महासंघ, नगर शिक्षक महासंघ विभिन्न संघ संस्थाहरुसँग छलफल गरेर प्रतिनिधित्व पठाइदिन अनुरोध गरिसकेका छौं । कार्यक्रममा प्रदेशभरबाट करिव एक हजार जना सहभागी हुने नगरपालिकाले जनाएको छ ।

२० फाल्गुन २०८०, आईतवार ०९:३३ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्