१२ श्रावण २०८१, शनिबार

एकीकृत समाजवादी सरकारमा जाने

कर्णाली अपडेट

काठमाडौं । नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । नेकपा एमाले-माओवादी केन्द्रसहितको गठबन्धन सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न बुधबार बसेको सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको हो ।

त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाललाई जिम्मा दिएको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आर्थिक संकटको समाधान गर्दै रोजगारी सिर्जना, सुशासन, भ्रष्टाचार नियन्त्रण, सन्तुलित परराष्ट्र नीति लगायतका विषयमा प्रधानमन्त्रीको जवाफ सुनेपछि थप निर्णय हुनेछ ।

खतिवडाले भने, ‘आज छलफल गर्न पठाएका छौं, प्रक्रिया कति लामो हुन्छ, उहाँहरुमा निर्भर हुन्छ ।’

२३ फाल्गुन २०८०, बुधबार १७:०५ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्