६ जेष्ठ २०८१, आईतवार

कर्णालीमा एमाले-माओवादीको बैठक निष्कर्षहीन, मुख्यमन्त्री नछाड्ने शर्माको अडान

कर्णाली अपडेट

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री निवासमा बसेको गठबन्धन घटक एमाले-माओवादी नेताको बैठक निष्कर्षविहीन टुंगिएको छ । एमाले संसदीय दलका नेता यामलाल कँडेल र पार्टी प्रदेश इन्चार्ज लेखराज भट्ट निचोडविनै बैठकस्थलबाट बाहिरिएका छन् । सकारात्मक छलफल भएपनि टुंगोमा नपुगिएको एमालेका एक नेताले बताए । छलफलमा माओवादीका कर्णाली ईन्चार्ज कालिबहादुर मल्ल, तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायत उपस्थित थिए ।

कर्णालीको नेतृत्व एमालेलाई दिन केन्द्रमा सहमति भए पनि राजकुमार शर्माले मुख्यमन्त्री नछाड्ने अडान लिएका छन् । मुख्यमन्त्री शर्माले आज प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची छ । यता केन्द्रको निर्णयअनुसार प्रदेशमा सहमति नजुट्दा बैठक अनिश्चित बनेको छ ।

प्रदेश सभा सचिवालय प्रमुख जीवराज बुढाथोकी सचिवले संसदीय दलका नेताहरू बैठकमा व्यस्त भएकाले सदन ढिला भएको हो । ‘नियमावलीअनुसार ५ बजेभित्र बैठक बस्ने मिल्ने भएको हुँदा ढिलो हुनसक्छ`, उनले भने ।

२० चैत्र २०८०, मंगलवार १६:२६ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्