६ जेष्ठ २०८१, आईतवार

युएनडिपीकाे सहयाेगमा जिल्ला प्रशासन जाजरकोटकाे प्रिफ्याब भवन निर्माण

कर्णाली अपडेट

जाजरकोट । भुकम्पका कारण भवनमा क्षति पुगेपछि टेन्टबाट सेवा दिदै आएको जिल्ला प्रशासन कार्यालय जाजरकोट सोमवार देखि प्रिफ्याब भवनबाट सेवा प्रवाह सुरू गरेकाे छ । संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम (युएनडीपी)को सहयोगमा प्रिफ्याक भवन बनेपछि कार्यालय संचालनमा सहजता आएको प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यले बताए ।

भुकम्पले स्थानिय प्रशासनको भवन क्षतिग्रस्त बनाएपछि सेवा प्रवाहमा समस्या हुँदै आएको थियो । भुकम्प पछि अस्थायी टेन्ट र त्रिपालबाट सेवा संचालन भैरहेको थियो । भवन नहुँदा सेवा प्रवाहमा निकै समस्या थियो । सेवाग्राही उभिन र हामी बस्न समेत राम्रो सँग पाएका थिएनौ । युएनडीपीले ६ कोठे प्रिफ्याव भवन बनाईदिएपछि निकै सहजता हुने देखिएको प्रजिअ आयार्यले बताए ।

उनले भवन निर्माण गरिदिएकोमा युएनडीपीलाई धन्यवाद दिए । यो भवन आगो नलाग्ने, तापक्रम लाई नियन्त्रणमा राख्न सक्ने र भुकम्प प्रतिरोधी भवन हो । भुकम्पको ६ महिना पछि जिल्ला प्रशासन कार्यालय सुविधा सहितको भवनमा सरेको प्रशासकिय अधिकृत हरिश्चन्द्र शर्माले बताए ।

सोमवार एक कार्यक्रमका विच युएनडीपीका उपआवासिय प्रतिनिधी विजय सिंहले जाजरकोटका प्रमुख जिल्ला अधिकारीलाई भवन हस्तान्तरण गरे । ६९ लाख ५१ हजार ६ सय ५५ रुपैया लागतमा निर्माण भएको भवनको प्राविधिक तथा आर्थिक सवै सहयोग युएनडीपीले गरेको हो ।

युनएनडीपीका उपआवासिय प्रतिनिधी विपदको सामाना सवै मिलेर गर्नु पर्ने बताउँदै भुकम्पका कारण भवनमा क्षति हुँदा जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहमा समस्या देखिएपछि सहयोग गरिएको बताए । उनले भने ‘छोटो समयमा निर्माण गर्न सकिने, भुकम्प प्रतिरोधी, आगलागी रहित र कम्तीमा १५÷२० बर्ष सम्म टिकाउ हुने गरि प्रिफ्याब प्रविधिको भवन निर्माण गरेका छौ । हाम्रो सानो सहयोगले विपदमा परेका नागरिकको सेवा प्रवाहमा ठुलो सहयोग हुनेछ ।’

युएनडीपीले जिल्ला प्रशासन कार्यालयका साथै जिल्लाकै नलगाड नगरपालिकामा इलाका प्रहरी कार्यालय भवन, बारेकोट गाँउपालिकामा कृषि र पशु कार्यालयका भवन, रुकुम पश्चिमका आठविसकोटमा इलाका प्रहरी कार्यालय भवन र आठवीसकोटकै १४ नम्बर वडा कार्यालय भवन निर्माणको अन्तिम चरणमा रहेको सिंहले बताए ।

भवन हस्तान्तरण कार्यक्रममा जिल्ला प्रशासन कार्यालयले युएनडीपीलाई प्रसंसापत्र प्रदान गरेको छ । युनडीपीका कार्यक्रम अधिकृत मनराज आचार्यलाई भवन निर्माणमा समन्वय लगायतका उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरिएको थियो ।

जाजरकोट भुकम्पमा संयुक्त राष्ट्र संघका विभिन्न निकायहरु विश्व खाद्य कार्यक्रम, संयुक्त राष्ट्र संघिय जनसंख्या कोष, सेभ द चिल्ड्रेन, युनिसेफ लगायतले विभिन्न सहयोग गरिरहेका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कालीबहादुर खत्रीले सहयोगी युएनडीपीलाई धन्यवाद दिदै भुकम्प प्रभावित लाभग्राहीलाई अस्थायी आवासको दोस्रो किस्ता तत्काल उपलब्ध गराउन स्थानिय तहलाई आग्रह गरे ।

२४ बैशाख २०८१, सोमबार २१:०४ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्