६ जेष्ठ २०८१, आईतवार

नक्कली नाेटसहित एक महिला पक्राउ

कर्णाली अपडेट

जाजरकोट । नक्कली नाेटसहित एक महिलालाई पक्राउ गरिएकाे छ ।

जाजरकोट छेडागाड नगरपालिका-५ थलह बजारबाट नेपाली एक हजार दरका १८ थान नक्कली नोटसहित सोमबार बिहान एक महिलालाई पक्राउ गरिएकाे हाे । पक्राउ पर्नेमा छेडागाड नगरपालिका १० काफ्ला बस्ने ३२ वर्षीया बिपना बुढा रहेकी छन् । इलाका प्रहरी कार्यालय बडाबनबाट खटिएको प्रहरीले उनलाई साथमा राखेको उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ जिल्ला प्रहरी कार्यालय जाजरकोटका सुचना अधिकारी माधव विश्वकर्माले वताए ।

२५ बैशाख २०८१, मंगलवार १५:५३ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्