१२ श्रावण २०८१, शनिबार

पाँचवटा विधेयक मस्यौदा पारित गर्दै भेरी नगरपालिकाको नगरसभा सम्पन्न

कर्णाली अपडेट

जाजरकोट । पाँचवटा विधेयक मस्यौदा पारित गर्दै भेरी नगरपालिकाले १४ औ नगरसभा सम्पन्न गरेको छ ।

खलंगा स्थित नगरपालिकाको आफ्नै सभाहलमा शनिबार देखी २ दिन संन्चालन भएको सभाले पाँच वटा विधेयक मस्यौदा पारित गर्दै नगरसभा सम्पन्न भएकाे हाे।

नगरसभामा पेश गरेका पाँचवटा विधेयक मस्यौदाहरु उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन, खानी तथा खनिज पदार्थ संरक्षण, भुमी व्यवस्था, एफ एम रेडियो व्यवस्थापन तथा संन्चालन, खानेपानी, सरसफाई तथा स्वस्च्छता विधेयक मस्यौदा २०८० पारित गरि लागु गर्न नगरसभामा पेश गरेको छ । नगरसभामा पेश गरेका पाँचवटा विधेयक मस्यौदा १४ औं नगरसभाले पारित गरेको छ ।

गत कात्तिक १७ गते मध्यरातको भूकम्पले क्षति गरेपछि स्थानीय सरकारको ध्यान केन्द्रित भएपछि नगरपालिकाको कामलाई व्यवस्थित प्रभाकारी तथा बैधानिक तवरले संन्चालन गर्न पाँचवटा विधेयक मस्यौदा पारित भएको छ ।

भूकम्पले घरवारविहिन भएपछि नागरिकलाई आवास निर्माणमा सहजता ल्याउन भूकम्पबाट जमिन छियाछिया परि पानीका मुहान एक स्थानबाट अर्को स्थानमा सरेपछि खानेपानीको समस्याबाट ग्रसित नागरिकलाई विधेयकका आधारमा काम गर्न सहजता ल्याउन विधेयक मस्यौता तयार गरि पारितका लागी नगरसभामा पेश गरेपछि बहुमतले पारित भएको छ ।

भूकम्पले पुराना संरचनामा क्षति भएपछि संरचना निर्माण गर्दा विधेयकको परिधिमा रहि गरिएको काम प्रभावकारी व्यवस्थित हुने भएपछि विधेयक निर्माण गरि सोहि अनुसार अधि बढ्ने भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तिले बताए ।

भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकास घर्तिले नगरसभामा विधेयक मस्यौदा समितिका संयोजक हिरा प्रसाद शर्माले प्रस्तुत गरेका पाँच वटा विधेयक मस्यौदा छलफलका लागि नगरसभाका सदस्य समक्ष पेश गरिएको छ । नगरसभामा पेश गरेका पाँचवटा विधेयक मस्यौदा पारित भएको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तिले बताए।

स्थानीय तहको पहिलो र दोस्रो कार्यकाल भेरी नगरपालिकाको नगरसभाको सभाअध्यक्षको जिम्मेवारी सम्हाल्न पाउदाँ खुसी भएको बताउदै केहि ठोस काममा साथ सहयोग दिन स्थानीय तहका जनप्रतिनिधि जागरुक हुन पर्ने बिश्वास व्यक्त गरे ।

बजेट नगरसभाबाट पारित भएका प्रदेश तथा संघिय सरकारबाट प्राप्त भएको अनुदान रकमको विनियोजित बजेटमा परिमार्जित गरि कार्यक्रम अधि बढाउन नगर प्रमुख घर्तिले आग्रह गरे।

२९ पुष २०८०, आईतवार १७:४५ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्