१२ श्रावण २०८१, शनिबार

मुसिकोट ११ मा खुकुरी प्रहार गरी १४ वर्षीय बालककाे हत्या, एक जना घाइते

कर्णाली अपडेट

रूकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ११ मा खुकुरी प्रहार गरी एक बालकको हत्या भएको छ । अर्का एक जना घाइते भएका छन् । बडाको कापलबोटका ३२ वर्षीय चन्द्रबहादुर पुनले आफ्नै भाइको साला परिवर्तन गाउँपालिका ४ पाछावाङ रोल्पाका अन्दाजी १४ वर्षीय निर्मल डाँगीको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट मुसिकोट नगरपालिका ११ कै ४१ वर्षीय सुकलाल पुन घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार डाँगीको घाटी रेटेर हत्या गरिएको छ । घटना आज दिउँसो १२ बजेतिर भएको हो । खुकुरी प्रहारबाट मृत्यु हुनुभएका डाँगी दिदीको घरमा बसेर पढ्दै आउनु भएको थियो । उहाँ मुसिकोट नगरपालिका वडा नम्बर ६ मा रहेको बाल कल्याण माध्यमिक विद्यालय झुलखेतमा कक्षा सातमा अध्ययनरत भएको बताइएको छ । खुकुरी प्रहार गर्ने चन्द्रबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।

घाइते सुकलालकाे जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको उहाँले बताउनुभयो । उहाँको टाउकोमा खुकुरी प्रहारबाट चोट लागेको बताइएको छ । अहिले घटना स्थलमा प्रहरी टोलीले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक खड्काको भनाई छ ।

७ माघ २०८०, आईतवार २२:२७ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्