१२ श्रावण २०८१, शनिबार

पत्रकारकाे क्षमता अभिवृद्धिबारे क्यामरा र ड्रोन सम्वन्धी ३ दिने तालिम समापन

कर्णाली अपडेट

सुर्खेत । प्रदेश स्तरीय फोटो पत्रकारिताको क्षमता अभिवृद्धिबारे क्यामरा र ड्रोन सम्वन्धी ३ दिने तालिम समापन भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना र नेपाल फोटो पत्रकार महासंघ केन्द्र र कर्णाली प्रदेश समितिको समन्वयमा तालिम आयोजना गरिएको हो ।

तालिममा कर्णालीका ८ जिल्लाबाट फोटो पत्रकारहरु सहभागी थिए । माघ ८ गतेदेखि १० गतेसम्म तालिम आयोजना भएको थियो । तालिममा आफु सहभागी भएर फोटो र ड्रोनबारे चलाउने नयाँ तरिकाहरुबारे सिक्ने अवसर पाएको पत्रकार जगत सापकोटाले बताए । तालिममा कर्णालीका ३५ जना पत्रकारहरु सहभागी थिए ।

कार्यक्रममा बस्तुगत, तथ्यगत रुपमा फोटो पत्रकारहरु हुने भएकाले यसको महत्व बढी रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानुन मन्त्री कृष्ण बहादुर जिसीले बताए । ‘फोटो आफैमा प्रतिविम्व हो ।’ कानुन मन्त्री जिसीले भने, फोटो भिडियोबाट राज्यलाई जिम्मेवार गराउँछ । फोटो पत्रकारको एउटा फोटोले धेरै कुरा अर्थ राख्छ । त्यसैले फोटो र भिडियोले भुगोललाई देखाएर कर्णाली चिनाउने गरेको छ ।’
फोटो आंचारसहिताबारे प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रशिक्षिण दिएका थिए ।

तालिमको प्रमुख प्रशिक्षक धुव्र आले, प्रशिक्षक तथा सागर श्रेष्ठ, सुर्यमणी गौतम रहेका थिए । समापन कार्यक्रममा कार्यक्रममा नेपाल फोटो पत्रकार महासंघका वरिष्ठ सचिव हरिहरसिंह राठौंर, सचिव विशाल सुनार, प्रदेश अध्यक्ष गोविन्द केसी, जिल्ला अध्यक्ष रेवतीरमण उपाध्याय लगायत सहभागी थिए ।

१० माघ २०८०, बुधबार २०:२० मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्