७ जेष्ठ २०८१, सोमबार

कर्णालीका तीनै सिटमा गठबन्धनका उम्मेदवार विजयी

कर्णाली अपडेट

सुर्खेत । कर्णालीमा राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलका अनुसार मतपरिणामअनुसार गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका हुन् ।

गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा एकीकृत (समाजवादी) की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विक उम्मेदवार हुनुहुन्थ्यो । कर्णालीमा रिक्त हुने तीन सिटका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच १–१ सिट लिनेगरी भागवण्डा मिलेको थियो ।
विजयी उम्मेदवारमध्ये गठबन्धनका महिलातर्फका उम्मेदवार सावित्री मल्लले प्रदेशतर्फ २९ र स्थानीयतपर्फ १ सय १५ मत प्राप्त गरी विजयी हुँदा नेकपा एमालेबाट उम्मेदवार विमलाकुमारी शाहीले प्रदेशतर्फ ११ र स्थानीयतर्फ ४१ मत प्राप्त गर्नुभयो ।

यस्तै, दलिततर्फ गठबन्धनका विष्णु विकले प्रदेशसभामा २९ मत र स्थानीयतर्फ १ सय २० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्दी एमालेका हिक्मत विकले प्रदेशसभातर्फ ११ र स्थानीयतर्फ ३६ मत प्राप्त गर्नुभयो ।
अन्यतर्फ गठबन्धनबाट उम्मेदवार कृष्णबहादुर रोकायाले प्रदेशतर्फ ३० र स्थानीयतर्फ १२० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्दी एमालेका डिल्लीप्रसाद भट्टले प्रदेशमा १० र स्थानीयतर्फ ३६ मत प्राप्त गर्नुभएको छ ।

११ माघ २०८०, बिहीबार १८:५५ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्