१ आश्विन २०८१, मंगलवार

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, ५४ विधाका खेल सहित कार्कीगाउँमा संचालन हुने

कर्णाली अपडेट

जाजरकोट । जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नारायाणी मावि कार्कीगाउँमा संचालन हुने भएको छ । गत वर्षको शिल्ड विजेता छेडागाड नगरपालिकाको वडा नंं. १२ स्थित नारायणी माविको खेल मैदानमा यस वर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिता शुक्रबार देखि सुरु हुने जिल्ला खेलकुद विकास समितिका अधयक्ष नरबहादुर बस्नेत (एनवि) ले बताए । आज विहान पत्रकारहरु संगको भेटघाटमा अध्यक्ष बस्नेतले प्रतियोगिताका लागि सबै तयारी पुरा भएको जानकारी दिए । ‘प्रतियोगिताको उद्घाटन भोलि विहान १० बजे नै हुन्छ, अधयक्ष बस्नेतले भने, त्यसका लागि सबै तयारी पुरा भएको छ ।’

जिल्लाका ७ वटै स्थानीय तहको सहभागिता रहने प्रतियोगितामा भलिबल, कवड्डी, मार्सल आर्ट र एथलेटिक्स तर्फका खेलहरुमा पालिकाहरु बिच प्रतिस्पर्धा गराइने छ । जिल्ला स्तरीय प्रतियोगितामा पालिकाबाट छनौट भएका ३ सय ५० बढि विद्यार्थी खेलाडीहरुको सहभागिता रहने अध्यक्ष बस्नेतले जानकारी दिए । अध्यक्ष बस्नेतका अनुसार सहभागिहरुको खाना र आवासका लागि छेडागाड नगरपालिका र सम्बन्धित विद्यालयसंग समन्वय गरी आवश्यक व्यवस्थापन गरिएको छ ।

३ दिन सम्म संचालन हुने प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले गर्ने आयोजकले जनाएको छ । विभिन्न ५४ वटा विद्यामा उत्कृष्ट हुने खेलाडीहरु प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिताका लागि छनौट हुनेछन ।

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गर्नका लागि करीब ११ लाख खर्च हुने अनुमान गरिएको जिल्ला खेलकुद विकास समिति जाजरकोटका कार्यालय प्रमुख जयप्रसाद आचार्यले बताए ।

२५ माघ २०८०, बिहीबार १०:४२ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्