११ मंसिर २०८२, बुधबार

जाजरकोटमा पहिलो पटक पेट्रोल पम्प सञ्चालन, उपभोक्तालाई राहत

कर्णाली अपडेट

जाजरकोट । जाजरकोटमा पहिलो पटक पेट्रोल पम्प सञ्चालनमा आएको छ। भेरी नगरपालिका–४, बोहोरा गाउँमा ‘मुक्ति बस्नेत सप्लायर्स’ले मंगलबारदेखि पेट्रोल पम्प सञ्चालनमा ल्याएको हो।

पम्पको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख कालीबहादुर खत्रीले गर्नुभएको थियो । उहाँले पम्प सञ्चालनसँगै उपभोक्ताहरूलाई शुद्ध इन्धन सहजै प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो। साथै, महँगो मूल्यमा ड्रम र जर्किनबाट इन्धन किन्नुपर्ने बाध्यता अन्त्य भएको पनि उहाँले बताउनुभयो।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मेखबहादुर मग्रातीले नेपाल आयल निगम अन्तर्गत जिल्लामै पहिलो पटक सञ्चालनमा आएको पेट्रोल पम्पप्रति खुसी व्यक्त गर्दै पम्प सञ्चालकलाई धन्यवाद दिनुभयो। उहाँले अब सरकारी तथा गैरसरकारी कार्यालयहरूका सवारी साधनलाई इन्धन आपूर्तिमा सहजता हुने उल्लेख गर्नुभयो।

यातायात व्यवसायी भीमबहादुर बुढाले ड्रमको अशुद्ध तेल र बढी मूल्यको समस्याबाट अब मुक्ति मिल्ने भन्दै नयाँ पम्पले व्यवसायीहरूलाई ठूलो राहत दिने प्रतिक्रिया दिनुभयो।

पम्प सञ्चालक बीरबहादुर बस्नेतले १० वर्षदेखि गरेको प्रयास आज सफल भएकोमा खुसी व्यक्त गर्दै सबैको सहयोगप्रति आभार व्यक्त गर्नुभयो।

पेट्रोल पम्प सञ्चालनसँगै जाजरकोटका उपभोक्ता र सवारीसाधनहरूलाई सहजता हुनुका साथै इन्धन आपूर्तिको समस्या समाधान भएको छ ।

९ बैशाख २०८२, मंगलवार १३:४९ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्