१९ मंसिर २०८२, बिहीबार

परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न

पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट र वर्ल्डभिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बाल समृद्धि र एकिकृत विकासको लागि हातेमालो परियोजना भेरी र नलगाड नगरपालिकामा २०२६ देखि २०३० को पाँच बर्षिय कार्यक्रम

कर्णाली अपडेट

पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट र वर्ल्डभिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बाल समृद्धि र एकिकृत विकासको लागि हातेमालो परियोजनाको परियोजना परिचयात्मक कार्यक्रम भेरी र नलगाड नगरपालिकामा सम्पन्न भएको छ ।

भेरी र नलगाड नगरपालिकाको नगरप्रमुख, उपप्रमुख, कार्यकारी प्रमुख, विषयगत शाखा प्रमुखहरु, कार्यक्रम सञ्चालन भएको वडाका वडाअध्यक्ष तथा सरोकारवाल निकायको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ । वल्र्डभिजन इन्टरनेशनल नेपालको रणनैतिक चक्र २०२६ देखि २०३० को शुरुवात संगै आ.व. २०२६ (सन्) को निर्धारित बजेट, कार्यक्रम तथा कार्य संरचना साथै यस अघि भएका गरेको क्रियाकलापको प्रगती समिक्षा, चुनौती तथा अवसरहरुको बारेमा छलफल गरिएको थियो ।

यस परियोजनाले विगतमा गरेको कार्यक्रमहरुले बालबालिका समृद्धि तथा समुदायको जीवन स्तरमा सकारात्मक प्रभाव पारेको कुरा भेरी नगरपालिकाका प्रमुख श्री चन्द्र प्रकास घर्तीले भनाई रहेको थियो, साथै अवको कार्यक्रम पनि असाध्यै राम्रो निर्माण भएको जसले स्थानीय तहको कार्यक्रम तथा विकासलाई टेवा पुर्याउने कुरामा शुभकामना प्रदान गर्नु भएको थियो । यस कार्यक्रमले नलगाड नरपालिकाको बालबालिका तथा सिमन्तकृत समुदायको जीवनस्तरमा परिवर्तन ल्याउन तथा विकासमा टेवा पुर्याउनको लागि खेलेको कदमले हामी खुसी छौ, साथै यस कार्यक्रमलाई थप वडामा पनि लैजान सके अझ साजिलो हुने कुरा नलगाड नगरपालिकाको प्रमुख श्री डम्मर बहादुर रावतले बताउनु भयो ।

यस कार्यक्रम पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट र वर्ल्डभिजन इन्टरनेशनल नेपालको साझेदारी तथा भेरी र नलगाड नगरपालिकाको समन्वयमा शिक्षा, संरक्षण, पोषण, वकालत, विपद् व्यवस्थापनको क्षेत्रमा निरन्तर काम गर्दे आएको कुरा कार्यक्रम व्यवस्थापक श्री बीरेन्द्र कुमार थारुले जानकारी गराउनु भयो । बाल स्पोन्सरसिप र एकिकृत परियोजनाको माध्यमबाट यस वर्ष देखि भेरी को ५ देखि १२ वटा वडा र नलगाड नगरपालिकाको वडा न १ देखि ८ वडा सम्म काम गर्ने कुरामा थप जनकारी गराउनु भयो ।

१ मंसिर २०८२, आईतवार १४:१० मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्