११ मंसिर २०८२, बुधबार

भेरी नगरपालिकामा ग्रामीण खानेपानी सेवा सहायता केन्द्र स्थापना हुने

कर्णाली अपडेट

जाजरकोट । जाजरकोटको भेरी नगरपालिकामा ग्रामीण खानेपानी सेवा सहायता केन्द्र स्थापना हुने भएको छ। केन्द्रले हालसम्म निर्माण सम्पन्न भइसकेका खानेपानी योजनाहरूलाई दीगो र प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन सहयोग गर्ने विश्वास गरिएको छ।

यस केन्द्रको स्थापना प्रक्रिया अगाडि बढाउन भेरी नगरपालिकाको आयोजनामा ‘खानेपानी सेवा सहायता केन्द्र सम्बन्धी १ दिने प्रारम्भिक अभिमुखिकरण गोष्ठी’ सम्पन्न भएको छ। गोष्ठीको सहजीकरण सुस्वा आयोजना सहयोग इकाई सुर्खेतले गरेको थियो।

गोष्ठीमा बोल्ने वक्ताहरूले नगर क्षेत्रभित्र रहेका अव्यवस्थित तथा अपूर्ण खानेपानी योजनाहरूको मूल्यांकन (पोस्टमार्टम) गरी तिनीहरूलाई सुचारु गर्न सहायता केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। सेवा केन्द्रमार्फत आवश्यक प्राविधिक सहायता, अनुगमन, र सुधारात्मक कदमहरू अवलम्बन गरी खानेपानी योजनालाई दीगो बनाउन सकिने अपेक्षा गरिएको छ।

नगरपालिकाले ग्रामीण भेगमा स्वच्छ र पहुँचयोग्य खानेपानी सेवा सुनिश्चित गर्न यो पहललाई मीलको ढुंगाका रूपमा लिएको छ। सहभागीहरूबीच खानेपानी सेवा सुधारका लागि साझा प्रतिबद्धता व्यक्त गरिएको थियो।

२६ जेष्ठ २०८२, आईतवार १७:२९ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्