जाजरकोट । नलगाड नगरपालिकाबाट शैक्षिक सत्र २०८१ मा माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई नेपाल विद्यार्थी संघ जाजरकोटले पुरस्कारसहित सम्मान गरेको छ।
नगरपालिकाबाट SEE मा सहभागी भई ३.६० GPA भन्दा माथिको ग्रेड प्राप्त गर्ने विद्यार्थीहरू तथा उनीहरूलाई तयारी गराउने विद्यालयहरूलाई विशेष कार्यक्रममार्फत सम्मान गरिएको हो। सम्मान कार्यक्रममा विद्यार्थीको मेहनत र विद्यालय परिवारको योगदानलाई कदर गर्दै नगदसहित प्रमाणपत्र प्रदान गरिएको नेपाल विद्यार्थी संघ जाजरकोटका अध्यक्ष अनिश कार्कीले बताउनु भयो ।
कार्यक्रममा शिक्षा क्षेत्रको सुधारका लागि समाजले शिक्षा प्रति लगानी र चासो बढाउनुपर्ने कुरामा जोड दिइएको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले “समृद्ध समाज चाहने तर शिक्षामा लगानी नगर्ने प्रवृत्तिले नै शिक्षा क्षेत्रलाई पछाडि पारेको छ” भन्ने तीतो यथार्थप्रति ध्यानाकर्षण गराए।