४ माघ २०८२, शनिबार

जाजरकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन

सरोज वली

जाजरकोट । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जाजरकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । जिल्ला सदरमुकाम खलंगामा आज आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दुर्गाप्रसाद खनालले कार्यालयको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत खनालले निर्वाचनलाई निष्पक्ष, स्वच्छ र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै सरोकारवाला निकाय, राजनीतिक दल, उम्मेदवार तथा आम नागरिकबाट सहयोगको अपेक्षा गर्नुभयो । उहाँले कानुनको पालना गर्दै निर्वाचन प्रक्रियालाई सफल बनाउन कार्यालय प्रतिबद्ध रहेको समेत बताउनुभयो ।

कार्यालय उद्घाटनसँगै जाजरकोटमा प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी सम्पूर्ण प्रशासनिक तथा व्यवस्थापन कार्य औपचारिक रूपमा सुरु भएको छ ।

३ माघ २०८२, शुक्रबार १३:४८ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्