६ माघ २०८२, सोमबार

जाजरकोट दरबार कप २०८२: रमाइलो मेलामा ३ लाख राशिको खुला पुरुष भलिबल प्रतियोगिता

कर्णाली अपडेट

जाजरकोट ।  यस वर्ष जाजरकोटमा लाग्ने रमाइलो मेलाको अवसरमा खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । “जाजरकोट दरबार कप २०८२” नाम दिइएको उक्त प्रतियोगिताको तयारी तीव्र रूपमा अगाडि बढेको आयोजकले जनाएको छ ।

खेलकुदमार्फत स्थानीय युवालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा सहभागी टिममध्ये प्रथम हुने टिमले रु ३ लाख १ सय ५३, दोस्रोले रु २ लाख १ सय ५३तेस्रोले रु १ लाख १ सय ५३ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमका लागि प्रवेश शुल्क रु १० हजार तोकिएको खेलकुद संयोजक रमेश चन्दले जानकारी दिनुभयो ।

प्रतियोगिताका क्रममा उत्कृष्ट खेलाडीहरूलाई थप व्यक्तिगत पुरस्कार समेत प्रदान गरिने आयोजक जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले जनाएको छ ।

जसअनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु १० हजार, प्रत्येक खेलको म्यान अफ दि म्याचलाई रु १ हजार ५ सय प्रदान गरिनेछ । त्यसैगरी बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट क्विक, मिडियम ब्लकर र राइजिङ स्टारलाई जनही रु ३ हजार पुरस्कारको व्यवस्था गरिएको छ । साथै बेस्ट लिबेरोबेस्ट म्यानेजरलाई आकर्षक उपहार प्रदान गरिनेछ ।

आयोजकले जिल्लाभित्र तथा जिल्लाबाहिरका भलिबल टिमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुदको माध्यमबाट आपसी सद्भाव, प्रतिस्पर्धात्मक भावना र खेलकुद संस्कृतिको विकास गर्न आग्रह गरेको छ ।

२ पुष २०८२, बुधबार १४:१७ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्