६ माघ २०८२, सोमबार

रमाइलो मेलाको स्थान, स्वामित्व र व्यवस्थापन सुनिश्चित गर्न जाजरकोटी युवाहरूले बझाए, भेरी नगरपालिका समक्ष ध्यानाकर्षणपत्र

कर्णाली अपडेट

जाजरकोट । जाजरकोटको ऐतिहासिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको रमाइलो मेलाको स्थान, स्वामित्व र व्यवस्थापन सुनिश्चित गर्न जाजरकोटी युवाहरूले भेरी नगरपालिका समक्ष ध्यानाकर्षण पत्र बझाएका छन्।

युवाहरूले बुझाएको ध्यानाकर्षण पत्रमा विगतका वर्षहरूमा नियमित रूपमा सञ्चालन हुँदै आएको रमाइलो मेला यस वर्ष त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा नै आयोजना गर्नुपर्ने, साथै मेलाको आयोजक संस्था विगतदेखि सक्रिय रहेको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानलाई नै कायम गर्नुपर्ने माग उल्लेख गरिएको छ।

रमाइलो मेला जाजरकोटको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचानसँग गाँसिएको महत्वपूर्ण पर्व भएको उल्लेख गर्दै पछिल्ला केही वर्षदेखि उपयुक्त स्थानको अभावका कारण मेला सञ्चालनमा समस्या आइरहेको छ। स्थान सुनिश्चित नहुँदा मेला अव्यवस्थित बन्ने, सांस्कृतिक गतिविधिहरू प्रभावित हुने र स्थानीय नागरिकको सहभागितामा कमी आउने अवस्था सिर्जना हुँदै आएको युवा लोकेन्द्र चन्दले बताउनु भयो।

ध्यानाकर्षणपत्रमा मेला सञ्चालनलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन स्थानीय सरकारको स्पष्ट निर्णय, स्थायी व्यवस्थापन संरचना तथा सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ। ऐतिहासिक मेलाको संरक्षण र निरन्तरताका लागि नगरपालिकाले सकारात्मक पहल लिनुपर्ने युवाहरूको माग छ।

उक्त ध्यानाकर्षण पत्र बुझ्दै भेरी नगरपालिकाकि नगर उप – प्रमुख सीता जैसीले यस विषयमा थप छलफल गरी आवश्यक निर्णय लिने बताउनु भयो ।

३० मंसिर २०८२, सोमबार १५:४३ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्