१२ श्रावण २०८१, शनिबार

छेडागाडको चंखेलीमा इलाका प्रशासन कार्यालय स्थापना

कर्णाली अपडेट

जाजरकोट । इलाका प्रशासन कार्यालय चंखेलीबाट नेपाली नागरिकता प्रमाणपत्र वितरण कार्य सुरु भएको पश्चिम जाजरकोटको छेडागाड नगरपालिका ५ चंखेलीमा बुधबार उ‌द्घाटन भएको इलाका प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्ने कार्य सुचारू गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले छेडागाड ११ कि सीता कुमारी गिरीलाई नागरिकताको प्रमाणपत्र वितरण गर्दै सेवा सुचारु गरेका हुन। प्रमुख जिल्ला अधिकारी सुनारका अनुसार छेडागाड नगरपालिका शिवालय, जुनिचादे, र कुशे गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ गरी ३७ वटा वडाका जनताले सेवा पाउनेछन् ।

सुरुमा नागरिकताको नयाँ प्रमाणपत्र र प्रतिलिपीको काम हुने भएपनि तत्काल राष्ट्रिय परिचयपत्र, राहदानी र  सिफारिस लगाएतका काम पनि सुचारु हुने इलाका प्रशासन कार्यालयमा खटाइएका का.मु प्रशासकीय अधिकृत सत्यदेव खनालले जानकारी दिए ।

लामो समयपछि चंखेलीमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि त्यस क्षेत्रका नागरिक खुसी भएका छन् । २०४७ सालपछि नै त्यस क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि पहल भएपनि हाल मात्र कार्यले सार्थकता पाएको हो। आफ्नै ठाउँमा कार्यालय आएपछि पश्चिम जाजरकोटका नागरिकले नागरिकताको प्रमाणपत्र लिने लगाएतका कामका लागि सदरमुकाम खलंगा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको र यसले उनिहरुको समय र खर्चको बचत भएको स्थानीयहरुको भनाई छ ।

२८ मंसिर २०८०, बिहीबार १२:१० मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्